खेलकुद
एनएसएल फुटबलमा बुटवल लुम्बिनी र झापाले गोलरहित बराबरी खेले
सोमबार चैत १८, २०८१/ Monday 03-31-25

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत हिजोको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सम्पन्न खेलमा ७०औं मिनेटमा बुटवलका कप्तान एरिक विष्टले दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएपछि बुटवल १० खेलाडीमा सीमित भएको थियो ।
१० खेलाडीमा सीमित भए पनि बटवलले झापालाई गोलरहित बराबरीमा रोकेको हो । बराबरीसँगै दुवै टोलीले समान एक अङ्क जोडेका छन् ।
एनएसएलमा यसअघि उद्घाटन खेलमा ललितपुर सिटी र काठमाण्डौ रेजर्सले पनि २–२ गोलको बराबरी खेलेका थिए ।
तपाईको प्रतिक्रिया