बुधबार २० चैत २०८१
समाज

कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा

मंगलबार चैत १९, २०८१/ Tuesday 04-01-25

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर  गरेको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेसी सुनुवाइ नभइ स्थगित भएको थियो ।

गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको पहिलेको नियुक्ति नै गलत भएकाले पदाधिकार दाबी गर्न नमिल्ने जिकिर गरेका छन् । उनले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नआई घिसिङले हाल दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन् ।

तपाईको प्रतिक्रिया