
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।
यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया