
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति संसद्ले शोक प्रस्ताव पारित गरेको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएका बोहोराको निधनप्रति शोकप्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको हो ।उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।
तपाईको प्रतिक्रिया