बुधबार २० चैत २०८१
राजनीति

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

मंगलबार चैत १९, २०८१/ Tuesday 04-01-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।

थाइल्यान्डको राजधानी बैंककमा अप्रिल ३ देखि सुरु हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) समिटको दृष्टिकोण प्रो–बिमस्टेक बनाएको छ । 

ओली थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।

तपाईको प्रतिक्रिया