बुधबार २० चैत २०८१
समाज

यूएईले दियो १६६ नेपाली कैदीलाई आममाफी

मंगलबार चैत १९, २०८१/ Tuesday 04-01-25

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ ।

पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले  त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । 

यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया