बुधबार २० चैत २०८१
राजनीति

सहकारी ठगी मुद्दामा फरार रहेकी राप्रपा सांसद गीता बस्नेतको बिदा प्रतिनिधि सभाबाट अनुमोदन

मंगलबार चैत १९, २०८१/ Tuesday 04-01-25

काठमाडौं। सहकारी ठगी मुद्दामा फरार रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद गीता बस्नेतले संसद्मा आफू स्वास्थ्योपचारमा रहेको सूचना पठाएकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद बस्नेत स्वास्थ्योपचारमा रहेको सूचना पढेर सुनाएका थिए । उक्त सूचनामा सांसद्हरुले स्वीकृति जनाएका छन् ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचत रकम अपचलन आरोपमा गत वैशाखमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको थियो।

उनी त्यसअघिदेखि नै प्रतिनिधि सभा बैठकमा अनुपस्थित छिन्।

वैशाख १८ गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनी फरार छिन्।

सांसद बस्नेतले चितवनको सनराइज सहकारीबाट २० करोड, बर्दियास्थित नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको छिपछिपे सहकारीबाट एक करोडभन्दा बढी बचत रकम ज्वाइँ नगेन्द्रबहादुर रिमाललगायतबाट निकासी परेको आरोप थियो।

सांसद बस्नेतले सहकारीको पैसा आफू सञ्चालक रहेको रिसोर्टमा लगानी गरेर दुरुपयोग गरेको पाइएको बताइएको छ । सांसद बस्नेत फरार रहेपनि उनले उनले यो बीचको तलबभत्तासमेत बुझेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया