समाज
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौं । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।
दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।
“भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।
तपाईको प्रतिक्रिया