शनिबार २७ बैशाख २०८२
बिश्वो

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो जवाफी कारबाही

शनिबार बैशाख २७, २०८२/ Saturday 05-10-25

काठमाडौं। भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन कार्यक्रममार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार भारतले रावलपिन्डीको नूर खान एअरबेस, चकवाल शहरको मुरीद एअरबेस र झांग जिल्लाको रफीकी एअरबेसमा आक्रमण गरेको हो ।

यसअघि भारतीय विमानस्थल प्राधिकरणले देशको उत्तर र पश्चिममा रहेका २४ भन्दा धेरै विमानस्थलको उडान स्थगित गरिसकेको छ ।

जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको १५ दिन पछि भारतले मङ्गलवारको मध्यरात कश्मीरमा रहेका ९ क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।

जसलाई भारतले ‘अपरेशन सिन्दूर’ भनेको थियो । त्यसयता भारत र पाकिस्तानबीच लगातारजसो आक्रमणका घटना भइरहेका छन् ।

पाकिस्तानले गरेको प्रतिआक्रमण घोषणालाई भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया