सोमबार २९ बैशाख २०८२
राजनीति

‘असंवैधानिक’ ५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ

आइतबार बैशाख २८, २०८२/ Sunday 05-11-25

काठमाडौँ । असंवैधानिक तवरबाट नियुक्त गरिएको भनिएका संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (वैशाख २८)देखि पुनः सुनवाइ हुँदै छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको भ्रमण दल टर्की भ्रमणमा जाने भएपछि वैशाख २८ गतेको पेसी तोकी वैशाख १० गतेदेखि उक्त सुनुवाइ रोकिएको थियो । यद्यपि प्रधानन्यायाधीश राउतको टर्की भ्रमण भने स्थगित भएको थियो । वैशाख १४ गते १० दिने भ्रमणमा गइ उक्त टोली वैशाख २३ गते स्वदेश फिर्ता भएको थियो ।

प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा आज उक्त रिटमाथि नवौँ दिनको सुनुवाइ हुँदैछ । संवैधानिक रिटमाथिका मुद्दा किनारा लगाउन प्रधानन्यायाधीश राउतको सक्रियतामा हरेक दिन संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो ।

संवैधानिक नियुक्ति विवादमा हालसम्म निवेदक र सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । ५२ संवैधानिक पदाधिकारीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस जारी रहेको छ ।

तपाईको प्रतिक्रिया