सोमबार २९ बैशाख २०८२
बिजनेस

हिल्टन बिक्रीको हल्लाः होटलले निकाल्यो विज्ञप्ति

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडौं। नक्सालस्थित शंकर होटल परिसरमा निर्माणाधीन हिल्टन होटल बिक्री भएको भन्ने हल्ला फैलिएको छ। सामाजिक सञ्जालमा कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले होटल किनेको दाबी गरिएको छ।

तर होटल सञ्चालक हिमालयन हस्पिटालिटी ग्रुपले उक्त हल्लालाई भ्रामक र निराधार भन्दै खण्डन गरेको छ। प्रेस विज्ञप्तिमार्फत होटलले हालसम्म स्वामित्व परिवर्तन नभएको र कुनै निर्णय नभइसकेको स्पष्ट पारेको छ।

यसअघि पनि यो परियोजना विभिन्न विवादमा तानिँदै आएको थियो। होटलले यस्ता अपुष्ट समाचारले संस्थाको छवि प्रभावित हुने भन्दै सञ्चारमाध्यमलाई यथार्थमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया