
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा न्यु क्यासलले चेल्सीलाई २–० गोलले हराएको हो ।
चेल्सीका लागि सान्ड्रो ट्रोनालीले खेलको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ९०औँ मिनेटमा ब्रुमो गुइमारेसले एक गोल थप्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।
खेलको ३६औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएर बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
यो जितसँगै ३६ खेलबाट ६६ अङ्क जोडेको न्यु क्यासल तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको चेल्सी समान खेलबाट ६३ अंकका साथ पाँचौँ स्थानमा छ ।
आइतबार भएका अन्य खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० तथा क्रिस्टल प्यालेसले टोटनहम हट्सपरलाई २–० ले हराए ।
नटिङ्घम फरेस्ट र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले ।
तपाईको प्रतिक्रिया