सोमबार २९ बैशाख २०८२
समाज

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी

आइतबार बैशाख २८, २०८२/ Sunday 05-11-25

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा संवाद“ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) सहयोग स्वरूप प्रदान गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच परराष्‍ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले गाडी हस्तान्तरण गरेका हुन्।

यही मे १६‐१८ मा आयोजित सगरमाथा संवाद सुरू हुँदैछ। 

मन्त्री राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन्। 

तपाईको प्रतिक्रिया