सोमबार २९ बैशाख २०८२
अर्थ

एकैदिन तोलामा ३७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । 

जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

तपाईको प्रतिक्रिया