समाज
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन
सोमबार बैशाख २९, २०८२/ Monday 05-12-25

बुटवल । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।
आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।
तपाईको प्रतिक्रिया