सोमबार ५ जेठ २०८२
समाज

डिएसपीले चलाएको गाडीले दियो कोशीका सांसदहरू चढेको गाडीलाई ठक्कर

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

विराटनगर । कोसी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार र प्रदेशसभा सदस्यहरू चढेको गाडी सोमबार ठोक्किएको हो ।

सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । 

तपाईको प्रतिक्रिया