शनिबार २४ जेठ २०८२
समाज

नवलपरासीमा छोराद्वारा बाबु र छिमेकीको हत्या

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

नवलपरासी। नवलपरासीको सुनवल नगरपालिका–२ औरहियामा एक युवकले आफ्नै बाबु र छिमेकीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ वर्षीय खेमराज थारुले शुक्रबार बिहान ११ बजे ५० वर्षीय बाबु दयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको कोदालो प्रहार गरी हत्या गरेका हुन्। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

हत्या आरोपित खेमराजलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ भने घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया