आइतबार २५ जेठ २०८२
राजनीति

तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयको तीन करोड

शनिबार जेठ २४, २०८२/ Saturday 06-07-25

काठमाडौं । सत्तारुढ कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको छ। काठमाडौं महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको हो।

उपप्रधान एवं सहरी विकासमन्त्री सिंह गणेशमानका छोरा हुन्। मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट नदिने भनिरहेको बेलामा आफू मन्त्री भएको मौकामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै बजेट छुट्टाएका हुन्।   

मन्त्रालयबाट आर्थिक वर्षमा बहुवर्षिय योजना अन्तर्गत तीन करोड विनियोजन भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले नै सार्वजनिक गरेका छन्। भवन निर्माणको लागि बजेट विनियोजन पहल गर्ने पार्टी सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिँदै पत्रसहित फेसबुकमा गुरुङले सार्वजनिक गरेका हुन्। 

तपाईको प्रतिक्रिया