आइतबार २५ जेठ २०८२
खेलकुद

जोर्डन र उज्वेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

काठमाडौं । जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक फिफा विश्वकपमा स्थान बनाएका छन्। 

जोर्डन मस्कटमा ओमानमाथि ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप नजिक पुगेको थियो। अलि ओलवानले हृयाट्रिक गर्दै जितको नायक बने। तर छनोट पक्का गर्न दक्षिण कोरिया र इराकबीचको खेलको नतिजा कुर्नु पर्यो।

अर्को खेलमा दक्षिण कोरियाले इराकलाई २–० ले पराजित गरेपछि जोर्डनले विश्वकपको टिकट सुनिश्चित गर्‍यो। यससँगै दक्षिण कोरिया पनि लगातार ११औं पटक विश्वकपमा पुग्न सफल भयो।

गएरातिनै उज्बेकिस्तानले अबुधाबीमा युएईसँग गोल रहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनायो। १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि उज्बेकिस्तानले पहिलो पटक विश्वकपको टिकट काटेको हो। 

दुवै देशका लागि यो उपलब्धि ऐतिहासिक क्षण बनेको छ। अब यी दुई टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा हुने विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया