शनिबार २४ जेठ २०८२
राजनीति

माधव नेपालमाथिको मुद्दा अब अदालतको विषय : गगन थापा

शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

विराटनगर। सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भइसकेको बताएका छन् । उनले यसबारे टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताए ।

थापाले कांग्रेसको आगामी महाधिवेशनअगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको सदस्यता नवीकरण एवम् छिनोफानो गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने बताएका उनले अहिलेको सरकारको सफलताका लागि सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे ।
महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गर्दै जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्नेमा पनि जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया