राजनीति
प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित : विपक्षी दलको अडान यथावत्
शुक्रबार जेठ २३, २०८२/ Friday 06-06-25

काठमाण्डौं। प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित भएको हो ।
बैठक आइतवा दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक चल्न दिएका छैनन् । सदन खुलाउन निरन्तर छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरूको आज बसेको बैठकले आफ्नो माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने अडानलाई यथावत् राखेका छन् ।
तपाईको प्रतिक्रिया