आइतबार १ कार्तिक २०८३
जीवनशैली

भोटेकोशी बाढीपछि संक्रमणको जोखिम, स्वास्थ्य मन्त्रालय सतर्क

सोमबार भदौ १५, २०८३/ Monday 08-31-26

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मानव तथा पशु शवका कारण संक्रमण फैलिन सक्ने जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना संयन्त्र परिचालन गरेको छ।

मन्त्रालयका अनुसार दूषित पानी, असुरक्षित खानपान, फोहोरमैला र लामखुट्टेको वृद्धिका कारण झाडापखाला, हैजा, टाइफाइड, डेंगु लगायतका रोगको जोखिम बढ्न सक्छ। प्रभावित तथा विस्थापित नागरिकको स्वास्थ्य सेवा, खोप, पोषण, सरसफाइ र मनोसामाजिक परामर्शमा समेत मन्त्रालयले ध्यान दिएको जनाएको छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले समय बित्दै जाँदा शव कुहिने, पानी दूषित हुने र लामखुट्टे बढ्ने भएकाले स्वास्थ्य सुरक्षालाई उद्धार तथा राहतसँगै प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मन्त्रालयले प्रभावित नागरिकलाई सफा पानी र खाना प्रयोग गर्न, साबुनपानीले हात धुन, जमेको पानी हटाउन, बाढीको पानीमा सम्पर्कमा आएको खाना नखान र वरपरको वातावरण सफा राख्न आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया