भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते
काठमाडौँ । दसैँको बिदाका कारण यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका निर्धारण गरिएको थियो।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि प्रदान गरिनेछ।
बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन गरिने यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन विभागले अभिभावकलाई आग्रह गरेको छ।
विभागले तोकिएको मितिमा नजिकैको स्वास्थ्य केन्द्र वा औषधि वितरण केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया