शनिबार १२ श्रावण २०८१
बिजनेस

धनगढीमा एक कराेड बढिकाे लागतमा 'चाैलानी मिनी मार्ट' संचालनमा

आइतबार कार्तिक ३०, २०७७/ Sunday 11-15-20

कैलाली।  धनगढीकाे चाैराहामा एक कराेड बढिकाे लागतमा 'चौलानी मिनी मार्ट' संचालनमा आएकाे छ। सुदुर पश्चिममा पहिलाे पटक आधुनिक सुविधा सहितकाे 'चाैलानी  डिपार्टमेन्टल स्टाेर' संचालनमा ल्याएकाे  चाैलानी ग्रुप अफ कम्पनीजले आफ्नाे शाखा विस्तार गर्दै  'चौलानी मिनी मार्ट' संचालनमा ल्याएकाे हाे।  

मिनी मार्ट दीपावलीको शुभ अवसर पारेर शनिबार देखी औपचारिकरुपमा संचालनमा आएकाे चौलानी ग्रुप अफ कम्पनीजका अध्यक्ष मानसिंह साउँदले जानकारी दिए। 

शनिबार एक विशेष कार्यक्रमका  बीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चाैलानी मिनी मार्टकाे  उद्घाटन गरेका हुन्। 

मेयर वडले चाैलानीले एकै छानामुनी सबै सेवा सुबिधा उपलब्ध गराई आधुनिक र स्तरिय किनमेललाई सहज बनाई छाेटाे समयमा धेरै ग्राहककाे मन जित्न सफल भएकाेमा संचालकलाई बधाई समेत दिए।  मिनी मार्टमा चामल, दाल, चिया, चकलेट, ध्यू, मह, पेय पदार्थ, खाद्य सामाग्री, विभिन्न ब्रान्डका श्रृङ्गारका सामग्री, स्टेशनरी, स्तरिय दैनिक उपभोग्य सामग्री लगाएतका सम्पुर्ण सामाग्रीहरु बिषेश छुटका साथ उपलब्ध गराउने कम्पनीले जनाएकाे छ। 

 चौलानी ग्रुप अफ कम्पनीजले डिपार्टमेण्टल स्टोरसंगै, निको रेष्टुरेण्ट, चौलानी पुस्तक भण्डार, स्वीमीङ पुल, रेडमड कफि सप सञ्चालन गरिरहेको छ । चाैलानी ग्रुपकाे याे पहिलाे शाखा हाे । दाेस्राे मिनीमार्ट धनगढीकाे माेती चाेकमा संचालनमा ल्याउने तयारी भै रहेकाे कम्पनीले जनाएकाे छ। 

 

तपाईको प्रतिक्रिया