शनिबार १२ श्रावण २०८१
प्रविधी

आइफोन ११ को डिस्प्लेमा समस्या, एप्पलले नि:शुल्क परिवर्तन गरिदिने

सोमबार मङ्सिर २२, २०७७/ Monday 12-07-20

काठमाडौं। एप्पलको आइफोन ११ को डिस्प्लेमा समस्या देखिएको छ।उपभोक्ताहरुको गुनासोलाई मध्यनजर गर्दै एप्पलले आइफोन ११ को डिस्प्ले नि:शुल्करुपमा परिवर्तन गरिदिने कार्यक्रम सुरु गरेको छ।

एप्पलका अनुसार आइफोन ११ को डिस्प्लेमा यस्तो समस्या देखिएको छ जसका कारण डिस्प्लेमा छुँदा कुनै पनि रेस्पोन्ड हुँदैन। २०१९ को नोभेम्बर देखि सन् २०२० को मे महिनाको बीचमा उत्पादन भएका आइफोनहरुमा यस्तो समस्या देखा परेको एप्पलले जनाएको छ।

एप्पलले आफ्नो सपोर्ट पेजमा बताए अनुसार आइफोन ११ को डिस्प्ले मोड्युलमा केही समस्या देखा परेको छ। एप्पलले अघिल्लो वर्ष आइफोन ११ प्रो तथा आइफोन ११ प्रो म्याक्स मोडेलसंगै आइफोन ११ संस्करण बजारमा ल्याएको थियो। आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना एचडी डिस्प्ले रहेको छ। आइफोन ११ लञ्च भएको करिब १ वर्षभन्दा धेरै समय बितिसकेको छ।

एप्पलको डिस्प्ले प्रतिस्थापन योजनामा आइफोन ११ लञ्च भएको दुई महिनापछि अर्थात् नोभेम्बरबाट उत्पादन भएका ह्याण्डसेटमात्र योग्य हुनेछन्।

आइफोन ११ को डिस्प्लेमा पत्ता लागेको उक्त समस्या बाहेक अन्य टुटफुट वा अतिरिक्त समस्याहरुको मर्मतका लागि चाहिं प्रयोगकर्ताले रकम तिर्नुपर्ने एप्पलले प्रष्ट पारेको छ।

आइफोन खरिद गरेको २ वर्षसम्म यो अफर जारी रहनेछ।साथै आफै रकम तिरेर यस्तो समस्याग्रस्त आइफोन डिस्प्ले मर्मत गराइसकेका प्रयोगकर्ताले चाहिं लागेको खर्च बराबरको रकम शोधभर्ना पाउने पनि एप्पलले जनाएको छ।

एजेन्सी

तपाईको प्रतिक्रिया