शनिबार १२ श्रावण २०८१
प्रविधी

अब युट्युबबाटै किनमेल हुने, गुगलले गर्यो नयाँ फिचरको परिक्षण

आइतबार माघ ४, २०७७/ Sunday 01-17-21

काठमाडौं। इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ।

युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्षण गरिरहेका छौँ। 

युट्युबका अनुसार यस पाइलट प्रोजेक्टमा सहभागी हुने युट्युब सर्जकहरुले आफ्ना भिडियोमा विभिन्न प्रडक्ट समावेश गर्न सक्नेछन्। ती भिडियोहरुमा पिँधको बायाँ कुनामा शपिङ्ग ब्याग आइकन हुनेछ र त्यसमा क्लिक गरिसकेपछि प्रयोगकर्ताहरुले प्रडक्टहरुको सूचि हेर्न पाउनेछन्। त्यहाँबाट सम्बन्धित प्रडक्टको पेजमै पुगेर प्रयोगकर्ताले थप जानकारी पढ्न, सम्बन्धित भिडियोहरु हेर्न तथा सामान खरीद गर्न सक्नेछन्।

युट्युबका अनुसार तत्कालका लागि यो फिचर अमेरिकाका आइओएस, एन्ड्रोइड तथा डेस्कटप प्रयोगकर्ता युट्युब क्रिएटर्सका लागि मात्र उपलब्ध हुनेछ।

एजेन्सी

तपाईको प्रतिक्रिया