बिजनेस
दराजले ल्यायो प्रयोग गरिएका फोनहरू विक्री गर्न डिएलएन
बिहीबार भदौ २१, २०८०/ Thursday 09-07-23

काठमाडौं । नेपाली अनलाइन मार्केट दराज नेपालले नयाँ उद्यम दराज लाइक न्यू (डिएलएन) को सुरुवात गरेको छ ।
मङ्गलवार दराजले एक कार्यक्रम आयोजना गदै डिएलएन को उद्घाटन गरेको हो । डिएलएनले प्रयोग गरिएको फोनहरू ‘भ्याट’ बिल समावेश सहित बिक्रेतालाई प्लेटफर्म प्रदान गर्नेछ ।
कम्पनीका अनुसार प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउने छ । भने, दराजले विक्रेताहरूलाई गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न अनलाइन प्लेटफर्म प्रदान गरेको हो ।
स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ दराजले नयाँ उद्यम सुरुवात गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया