राजनीति
दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो : प्रचण्ड
शनिबार बैशाख २७, २०८२/ Saturday 05-10-25

पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् ।
पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए ।
उनले भने, ‘हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ । हामी आफ्नै बलबुत्तामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ ।’ उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया