शुक्रबार ९ कार्तिक २०८१
खेलकुद

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

शुक्रबार भदौ २९, २०८०/ Friday 09-15-23

काठमाडौ ।घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको जित निकाल्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको छ।  

श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्‍यो।

श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ। वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो।

जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए। श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा चरिथ असंलकाले पूरा गर्दै फाइनलमा पुर्याए ।

तपाईको प्रतिक्रिया