महालक्ष्मी विकास बैंकद्वारा ‘स्क्यान टु क्यास’ सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम अन्तर बैंक ‘स्क्यान टु क्यास’ सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रूपमा महालक्ष्मी विकास बैंक बनेको बताइएको छ ।
यसअन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बैकिङ एपमार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यो बैंकको दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको यो सेवानिकट भविष्यमा देशभर विस्तार गरिने बताइएको छ ।
यो सुविधाको विस्तार सँगै परम्परागत रूपमा चेक वा एटीएम कार्डको प्रयोगमार्फत नगद झिक्नु पर्ने बाध्यतालाई कम गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
डिजिटल नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा ‘अलि पे प्लस’ नेटवर्क’मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यसअघि सुरु गरिसकेको छ ।
सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरियालगायत मुलुकबाट आएका पर्यटकले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रूपमा भुक्तनी गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया