शुक्रबार ९ कार्तिक २०८१
जीवनशैली

तीन सहसचिवको सरुवा, काे कहाँ पुगे ?

शनिबार भदौ ३०, २०८०/ Saturday 09-16-23

काठमाडौं । सरकारले तीन जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोग तथा विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

जसमा दिल्लीको ‘मिनिष्टर इकोनोमिक’मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यहाँ कार्यरत सहसचिव निता पोखरेल ४ चार वर्षे कार्यकाल सम्पन्न गर्दै साता दिन अघि मात्रै नेपाल फर्किएकी थिइन् ।

यसैगरी छेन्दु महावाणिज्य दूतका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव सुरेश राउतलाई पठाइएको छ । त्यहाँ कार्यरत दिनेश कुमार घिमिरे सचिवमा बढुवा भएसँगै महावाणिज्य दूत रिक्त रहेको थियो ।

रिक्त सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका पुष्प शाहीलाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया