अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले बानेश्वरमा सञ्चालनमा ल्याए ‘क्याम्स’

काठमाडौं । अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले काठमाडौंको नयाँबानेश्वर विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन्।
शनिबार निःशुल्क स्वास्थ्य शिविर र एक समारोहको आयोजना गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट (क्याम्स)को औपचारिक शुभारम्भ गरिएको हो। क्लिनिकको अमेरिकाबाटै फर्किएका क्लिनिकका वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला र क्लिनिकका पहिलो विदेशी बिरामी मार्किन लोगेनले संयुक्त रुपमा पानसमा वत्ती बालेर उद्घाटन गरेका थिए।
कार्यक्रममा काठमाडौं महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसी र ३१ नम्बर वडाका वडाध्यक्ष सरोज ढकाललगायतका व्यक्तित्वहरू सहभागी थिए। निःशुल्क शिविरमा ६० जनाभन्दा बढीले सेवा लिएको क्लिनिकका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगानाले जानकारी दिए।
अमेरिकामै डिग्री हासिल गरेका र ट्रेन भएर नेपाल फर्किएका विशेषज्ञ चिकित्सकहरूले अमेरिकामा सिकेको सीप र ज्ञान अमेरिकी उपचार शैलीमा नेपालीलाई दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएका हुन्।
क्लिनिकमा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी, कोलोरेक्टल सर्जन डा. सत्यदीप भट्टाचार्यल, मलिक्युलर माइक्रोबायोलोजिष्ट डा. गुणराज ढुंगाना, वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला, मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश थपलिया, डा. बाल रोग विशेषज्ञ डा. संगीता बस्नेतलगायतले सेवा दिनेछन्।
अमेरिकाबाटै फर्किएकी नर्सिङ प्रयाक्टिसनर डा. पुनम केसी पनि नर्सिङ निर्देशकका रुपमा टिममा जोडिएकी छन्। यसबाहेक अन्य क्याम्स एशोसियटसमेत गरेर झण्डै १८ जना विशेषज्ञको टिमले क्याम्सबाट सुरु दिने क्याम्सका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगानाले जानकारी दिए।
क्याम्स २०७९ वैशाखमा लाजिम्पाटबाथ सुरु भए पनि ठूलो स्केलमा भने शनिबारबाट सञ्चालनमा ल्याइएको हो। डा. ढुंगाना भन्छन्, ‘स्वदेशमै अमेरिकी स्ट्याण्डर्डको स्वास्थ्य उपचार दिने र अमेरिकामा फर्केका साथीहरूलाई स्पेश दिने हिसाबले हामी यो क्लिनिक खोलेका हौं। ‘पहिलो बिरामीलाई हामीले प्रोटोकल नै एक जना बिरामीलाई कम्तिमा आधा घण्टा समय दिने बनाएका छौं। कसैको एक घण्टा पनि जान सक्छ।'
केही समय लाजिम्पाटबाट सेवा दिएपछि अमेरिकी सर्टिफाइड विशेषज्ञहरूको यो क्लिनिक गत बैशाखदेखि नयाँबानेश्वर सरेको थियो।
नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि नयाँ बनेको पाँच तले भवनको चार तलामा क्लिनिक अत्याधुनिक सेटअपमा रहेको छ। क्याम्सले अहिले संक्रामक रोग, हेमाटो अंकोलोजी, ट्रपिकल मेडिसिन एण्ड ट्राभल मेडिसिन, कार्डियोलोजी, जनरल एण्ड कोलोरेक्टल सर्जरी, न्यूरोलोजी, युरोलोजी, पेडियाट्रिक्स, गाइनोकोलोजी, इन्डोक्राइनोलोजी, अर्थोपेडिक्सलगायतका विशेषज्ञ सेवा दिनेछ। यसैगरी, एडभान्स मलिक्युलर ल्याबरोटोरी, प्रयोगशाला, एक्सरे, फार्मेसी, रेडियोलोजी, अल्ट्रासाउण्ड सेवाहरू क्लिनिकमा उपलब्ध छन्।
डा. प्रकाश फर्किसकेपछि केमोथेरापी पनि सुरु गर्ने योजना छ। डा. ढुंगानाकाअनुसार अहिले नेपालमा क्यान्सरका बिरामीहरू एउटा डाक्टरले एउटा भन्ने, अर्कोले अर्को भन्ने भएकाले थर्ड ओपनियनका लागि भारत जानुपर्ने अवस्था छ।
त्यही कारण अहिले डा. प्रकाशले थर्ड ओपनियनका लागि टेली कन्सल्टेसनमार्फत सेवा दिइरहेका छन्। त्यसबाहेक क्याम्सले प्रिभेन्टीभ हेल्थकेयर, भ्याक्सिनेसन, इम्युनाइजेसन, स्वास्थ्य सचेतना कार्यक्रम र अनुसन्धानका कामहरू अगाडि बढाइने उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया