शनिबार ६ असोज २०८०
अर्थ

सेयर बजारमा सामान्य वृद्धि

सोमबार असोज १, २०८०/ Monday 09-18-23

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभपरिसूचक शून्य दशमलव शून्य चार अंकले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । 

विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । 

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट टे«डिङकर्पोरेसन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५, एभरेष्ट बैंक रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

तपाईको प्रतिक्रिया