शनिबार १२ श्रावण २०८१
समाज

कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो

बुधबार असोज ३, २०८०/ Wednesday 09-20-23

कञ्चनपुर । कञ्चनपुरमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वाथ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेको बिरामीको उपचार गरिरहेका बेला घाँटी न्याकिएको हो ।

स्थानीय रामबहादुर खड्काले आफूमाथि आक्रमण गरेको गैरेले बताए । खड्काले गैरेको घाँटी अँठ्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

लडेर टाउकोमा चोट लागेका बिरामीको घाउमा टाँका लगाइरहेका बेला खड्काहितका युवाले गैरेलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । यसैबीच गैरेले काड्काविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार खड्काले उपचारमा ढिलाई गरेकाले कुटपिट गरेको बताएका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय बेलौरीले बोलाएर सोधपुछ गरेको थापाले बताए । पीडितले जाहेरी दिए कारबाही अघि बढाइने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया