
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ ।
राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि सोही राति पक्राउ परेका उनी अझै प्रहरी हिरासतमा छन् । आज उनलाई सातौं पटक म्याद थपका लागि अदालत लगिएको हो ।
तीनकुनेमा राजावादी समूहले आयोजना गरेको आन्दोलन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जना युवाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिका घर, व्यवसायिक स्थल र सरकारी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।
तपाईको प्रतिक्रिया