शुक्रबार २६ बैशाख २०८२
समाज

अछाममा हेलिकप्टरबाट उद्धार गरियो गर्भवती महिलालाई

बिहीबार असोज ११, २०८०/ Thursday 09-28-23

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टोरमार्फत उद्धार गरिएको छ ।

ढकारी गाउँपालिका–७ निवासी २५ वर्षीया मंगली थापाको बिहीबार नेपाली सेनाको हेलिकोप्टोरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएको थियो । थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया