आइतबार ११ कार्तिक २०८१
समाज

प्रधानमन्त्रीलाई इजरायलबाट विद्यार्थीको पत्र : हाम्रो आत्मबल घट्यो, देश फर्किन मन छ

सोमबार असोज २२, २०८०/ Monday 10-09-23

काठमाडौं । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् ।अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् ।

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’

सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाकाे मृत्युकाे भएकाे पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । 

तपाईको प्रतिक्रिया