बिहीबार ८ कार्तिक २०८१
राजनीति

मीनबहादुरबाट लिएको एमालेको दाने जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24

काठमाडौं । पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्धको विषय सर्वोच्च अदालतमा पुगेको छ ।

मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् । 

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा  १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।  

तपाईको प्रतिक्रिया