शुक्रबार ९ कार्तिक २०८१
राजनीति

सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौं : विश्वप्रकाश शर्मा

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगर्न आग्रह गरेका छन्।

महामन्त्री शर्माले अनुसन्धानलाई सहयोग गर्न र अदालतको फैसला कुर्न पनि आग्रह गरेका हुन्।

‘कांग्रेसका दुईचार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं,’ बुधबार बिहान सामाजिक सञ्जाल एक्समा शर्माले पोस्ट गरेका छन्, ‘अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं।’

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परी हिरासतमा छन्। सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। त्यसतर्फ लक्षित गर्दै महामन्त्री शर्माले सडक विलापको जगहँसाइ नगर्न पनि आग्रह गरेका छन्।

‘स्पष्ट हौं, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता हो,’ महामन्त्री शर्माको भनाइ छ।

‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- प्रचलित कानुनबमोजिम कारबाही गर्नू। तर प्रक्रिया सुरू भएपछि `राजनैतिक प्रतिशोध´ भन्नु संसदीय समिति र संसदकै अपमान होइन र?,’ शर्माको प्रश्न छ, ‘प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति, कि विधि उपर समेतको ठगी?’

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परी हिरासतमा छन्। सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। त्यसतर्फ लक्षित गर्दै महामन्त्री शर्माले सडक विलापको जगहँसाइ नगर्न पनि आग्रह गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया