बिहीबार ८ कार्तिक २०८१
राजनीति

मन्त्रिपरिषद बैठक स्थगित

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24

काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । 

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो ।

आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने ती मन्त्रीले बताएका छन् । संसद अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । 

तपाईको प्रतिक्रिया