रिगललाई फेरी जेल सजाय हुनुपर्छ भन्दै न्युयोर्कस्थित यूएनको मुख्यालय अगाडी प्रदर्शन

न्यूयोर्क | हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका गुण्डानाइके योग ढकाल 'रिगल' राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद सजाय माफी गरेपछि छुटेपछि राष्ट्रपतिको यो निर्णयमा चौतर्फि बिरोध भइरहेको छ । राष्ट्रपतिले गरेको निर्णयमा राजनितीक पार्टिको दबाबका कारण हत्यारालाई माफी दिएको भन्दै फेरी यो निर्णय बदर गरेर रिगललाई जेल चलान गर्नुपर्ने भन्दै बिभिन्न क्षेत्रबाट बिरोध भइरहेको छ ।
यस्तैमा अमेरिकाको न्यूयोर्कमा रहेको युएनको मुख्यालय अगाडी पनि बिरोध प्रदर्शन भएको छ । रिगललाई फेरी प्रक्राउ गरेर जेल चलान गर्नुपर्ने माग गर्दै यूएनको मुख्यालय अगाडी प्रदर्शन गरिएको हो । यसको नेतृत्व नेपालका चर्चित यूवा नेता प्रणय राणा र अमेरिकाका चर्चित सामाजिक अभियन्ता रमेश भट्ट नेपाली छोरोले गरेका थिए ।
हत्यारालाई आम माफी दिएर मानवअधिकार हनन भएको र यस्तालाई फेरी कारवाहि गर्नुपर्ने उनीहरुको माग थियो । एक दर्जन भन्दा बढि नेपालीको उपस्थिती रहेको प्रदर्शनमा सबैले बिभिन्न भनाई सहितको प्ले कार्ड बोकेका थिए । जसमा न्याय मरेको देश, अपराधनको राजनितिकरण बन्द गर, कानुनी राज्यको स्थापना गरौ, सरकारको अराजकता विरुद्ध एकजुट, हत्यारालाई खुला छोडेर नागरिक कसरी बाच्ने, नेपाललाई राजनितीक अपराधिकरण हुनबाट बचाउ भन्ने लगायतका नारा लेखेर उभिएका थिए । साथै उनीहरुले पालैपालो राखेका मागहरु भनेका पनि थिए ।
यूएनको अगाडी प्रदर्शन गरे केहिहदसम्म यसको असर पर्छ भन्ने हेतुले बिरोध प्रदर्शन गरेको बताइएको छ । प्रदर्शनमा बुद्धको सन्देशपनि बाचन गरिएको थियो ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ६७० जनाको सजाय माफी मिनाहा गरेका मध्ये एक रिगल पनि थिए ।
रिगल जेलमुक्त भएपछि उनका समर्थक युवाले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलको समूहले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरेको थियो । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए । सो समूहका ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
रिगलले घटनाको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।
तपाईको प्रतिक्रिया