शुक्रबार ९ कार्तिक २०८१
राजनीति

अर्थसम्बन्धित सरकारी निकायसँग आज छलफल गर्दै प्रधानमन्त्री

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23

काठमाडौं । मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक सोमबार अपराह्न बस्दैछ।

अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।

सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि​पूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, उनले भने।

आचार्यका अनुसार बैठकस्थल भने तय भइसकेको छैन।

तपाईको प्रतिक्रिया