शनिबार १२ श्रावण २०८१
मनोरन्जन

अमेरिकन लाहुरे बाबुरामको लोक गीत सार्वजनिक

बुधबार मङ्सिर १३, २०८०/ Wednesday 11-29-23

काठमाडौं। गायक बाबुराम भट्टराईको ‘चढाएर देवीलाई भेटी’ बोलको लोक गीत सार्वजनिक भएको छ । गीतको भिडियो बाबुरामको आफ्नै युट्युव च्यानल बाबु क्रियशनमार्फत सार्बजनिक भएको हो ।
उक्त गीतमा प्रजन बस्नेतको शब्द रहेको छ भने रिषी खड्काले संगीत भरेका छन् । यस्तै भीडीयो एरेन्ज बिशाल निरौलाले गरेका छन् । गीतमा नवगायीका सीम्रन परियारको समेत स्वर रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक बाबुराम भट्टराई आफैले अभिनय गरेका छन । भिडियोमा उनलाई गीता ढुंगानाले साथ दिएकी छन ।
भिडियोमा बाबुरामलाई गाउँले ठीटोको रुपमा देख्न सकीन्छ भने गीता नर्सको भुमीकामा छन् । भिडियोमा नर्सको भुमीकामा रहेकी गीता बेसिगाउँमा नीःशुल्क स्वास्थ्य सिविर संचालन गर्न आएको समयमा दुवैजाना प्रेममा परेको देख्न सकीन्छ । भिडियोको कोरियोग्राफ कजिश श्रेष्ठले गरेका हुन । बाबुराम अमेरिकन आर्मी समेत हुन् ।

तपाईको प्रतिक्रिया