शनिबार १२ श्रावण २०८१
अनुसन्धान

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

सोमबार मङ्सिर १८, २०८०/ Monday 12-04-23

काठमाडौ  ।भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

 भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको हो।

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो ।

विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया