शनिबार १२ श्रावण २०८१
बिजनेस

ग्लोबल आईएमई बैंकले दियो ३५ जना विपन्न वर्गका छात्राहरूलाई छात्रवृत्ति

मंगलबार पौष १७, २०८०/ Tuesday 01-02-24

काठमाडौं। ग्लोबल आईएमई बैंकले ३५ जना जेहेनदार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।

ग्लोबल आईएमई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । 

ती छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा पनि गरेको छ । यस कार्यक्रमअन्तगर्त बैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेनदार छात्राहरू छनोट गरी ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नेछ । 

यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति प्रदान गरी छात्राहरूको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ । 

समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिक रूपमा सबल हुन मद्दत पुग्ने हुनाले यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

 

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरूअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो।

ग्लोबल आईएमई बैंकले हाल देशभर रहेका आफ्ना ३५५ वटा शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया