आइतबार ११ कार्तिक २०८१
समाज

मानवीयताका आधारमा अवतरण गराइयो थाई एयर एसिया

आइतबार कार्तिक ११, २०८१/ Sunday 10-27-24

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको छ ।

झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको बताए ।

उनका अनुसार विन्टर सिजनमा हुने उडान अवतरणको अनुमति नलिइ यस अघिकै उडान जसरी एयर एसिया आज आइबार पनि काठमाडौं आयो । उक्त वायुसेवालाई अनुमति नै नदिएको हुँदा अवतरण गर्न दिने र फिर्ता पठाउनुपर्ने अडान महाप्रवन्धकले लिएको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरले नेपाली आकासमा आइसकेको र अवतरणका लागि होल्ड गरेर बसिरहेकोले अवतरण गराउने र आवश्यक कारवाही गर्ने गरी अनुमति दिएको हो ।

तपाईको प्रतिक्रिया