शनिबार १२ श्रावण २०८१
ग्यालरी

भारतीय विदेशमन्त्री जयशंकरले भेटे कप्तान रोहित र पारससहितका क्यान पदाधिकारी

शुक्रबार पौष २०, २०८०/ Friday 01-05-24

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार साँझ नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीसँग भेट गरेका छन् ।

भेटमा क्यान अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललगायतको उपस्थिति रहेको थियो ।

क्यानले जयशंकरले नेपालको क्रिकेट विकाशमा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।

सन् २०२३ मा नेपालले भारतको सिनियर राष्ट्रिय टोलीसहित उमेर समूह र ए टीमसँग विभिन्न प्रतियोगितामा निरन्तर प्रतिस्पर्धा गरेको थियो ।

एसिया कपमा भारतसँगको प्रदर्शनले नेपाली टोलीले प्रशंसा पाएको थियो ।

तपाईको प्रतिक्रिया