शनिबार १२ श्रावण २०८१
बिजनेस

एलजी फ्ल्यागसिप शोरुमको पुनः शुभारम्भ, शून्य प्रतिशत किस्ताबन्दीमा सामान

मंगलबार माघ ९, २०८०/ Tuesday 01-23-24

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी फ्ल्यागसिप शोरुमहरु विश्वस्तरीय स्तरमा अपग्रेड भई पुनः शुभारम्भ भएको छ ।

एलजी इलेकट्रोनिक्स इन्कका एक्स्पोर्ट निर्देशक केइथ किसू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त शोरुमको उद्घाटन गरी शुभारम्भ गरेका हुन् । एलजी फ्ल्यागसिप शोरुमहरु आधुनिक डिजाइनमा खोलिएको छ ।

शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरू जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवासर, एयर कन्डिस्नर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरू उपलब्ध छन् ।

शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुल्ला रहनेछ ।

एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्स्चेञ्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ ।

विभिन्न एलजीका सामाग्रीहरुको लाइभ डेमो पर्सनल जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी फ्ल्यागसिप शोरुमहरुले फ्री डेलिभरी सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया