शनिबार १२ श्रावण २०८१
बिजनेस

राष्ट्र बैंक सञ्चालकलाई ‘नयाँ स्टक’ लाइसेन्सको औचित्य खोज्ने जिम्मा

बिहीबार माघ ११, २०८०/ Thursday 01-25-24

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको औचित्य खोज्ने जिम्मा नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि सिवाकोटीलाई दिएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद बैठकले सिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेन्ज आवश्यक हो वा होइन भन्नेबारे अध्ययन गर्न समिति गठन गरेको हो । समितिमा अन्य दुई जना सदस्य छन् । उनीहरूलाई ४५ दिनको समय दिइएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा नेपाल राष्ट्र बैंकको करिब १०% सेयर छ । सिवाकोटी नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर समेत हुन् ।

राष्ट्र बैंक सञ्चालकलाई नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययनको जिम्मा दिएपछि स्वार्थ बाझिएको भन्दै आलोचना भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको छनौट समिति पनि विवादमा परिसकेको छ ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव कृष्ण हरि पुष्कर र उदय निरौला विशेषज्ञ सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिका विशेषज्ञ सदस्य निरौलाको विशेषज्ञतामा प्रश्न उठिसकेको छ ।

तपाईको प्रतिक्रिया