काठमाडौं । लगातार सातौ कारोबारसम्मको गिरावटपछि शेयर बजार दोहोरो अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा अडिएको हो । यसदिन बजारमा १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा मिडसोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटडको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफा कमाएका छन् ।
आइतबार बजार पूँजीकरण ३२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया